समाचार

लागूऔषधसहित एक जना पक्राउ



सिन्धुली, ३० बैशाख । लागूऔषधसहित एक जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वन र निट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माइस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई पक्राउ गरेको हो ।

विर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा एक्सपल्वन २ सय एमएल र निट्राभेट-दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध फेला पारिएको थियो ।

पक्राउ गरिएका विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको छ ।