राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै: वार्षिक कार्यक्रम तय गर्ने



काठमाडौँ, ३० बैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हिजो स्थगित भएको बैठक आज बिहान ८ बजे च्यासलमा बस्ने भएको हो । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।

एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठक पनि आजै समापन गर्ने तयारी छ ।