काठमाडौँ, १ जेठ । काठमाडौँमा असिनासहितको वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले राजधानीका विभिन्न स्थानमा असिनासहित वर्षा भएको जनाएको छ ।
आइतबार पनि राजधानीमा साँझको समयमा हावाहुरीसहित वर्षा भएको थियो । महाशाखाले आज राति काठमाडौँबाहेक कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्