अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २ जेठ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।