काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन् ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धानको प्रक्रियाबारे जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटून्, निर्दोष कोही नफसून भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ । यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ,” ।










प्रतिक्रिया दिनुहोस्