अर्थ

नेप्से ३२ अंकले बढ्यो



काठमाडौँ, ४ जेठ । आज नेप्से परिसूचक ३२.३० अंकले बढेको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले वृद्धि भएर १८७७.३२ विन्दुमा रोकिएको छ ।

यस दिन कारोबार रकम पनि बढेको छ । एक दिनमै कारोबार रकम ६१ करोड ७१ लाख रुपैयाँले बढेको छ । एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार ८५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।

एक महिनापछि एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसअघि, गएको चैत ३० गते एक अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयताका कारोबार दिनहरूमा एक अर्बभन्दा कमको सेयर खरिद–बिक्री हुँदै आएको थियो । बिहीबार २६४ धितोपत्रका ४४ लाख २२ हजाार १८६ कित्ता खरिद–बिक्री भयो । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यो कम्पनी आठ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भयो । शिवम् सिमेन्टको सात करोड ११ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।