समाचार

आजको मौसम



काठमाडौँ, ८ जेठ । हाल देशमा पश्चिमी र थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागकले जनाएको छ ।

विभागकका अनुसार देशका केही भागमा आज पनि वर्षा र हावाहुरीको सम्भावना रहेको छ । आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश रगण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।