Banner News

सात दशकमा हुन नसकेको विकास एमाले सरकारले गरेको अध्यक्ष ओलीको दाबी



काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दाबी गरेका छन् ।

आज ललितपुरमा नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आयोजित इद मिलन तथा पुस्तक विचोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शी भएर अघि बढ्दा पनि जनतालाई भ्रममा पार्ने काम भएको बताए ।

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बद्नाम गर्ने प्रवृति देखापरेको पनि बताए । योजना समयमा नै पूरा गर्ने र असाधारण विकासको गति ल्याउदा पनि धर नपाएको उनको भनाइ छ ।