काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गरिने बताएका छन् ।
आज सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा गरिएका प्रश्नहरूको जवाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको विषयमा नेपाल सरकार प्रस्ट रहेको बताए ।
उनले भने, “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ,” “थाती रहेको सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरूलाई गराउन चाहन्छु ।”










प्रतिक्रिया दिनुहोस्