समाचार

सम्पदा यात्रा बस सञ्चालन : एक सातासम्म निःशुल्क सेवा



काठमाडौँ, ९ जेठ । काठमाडौँमा मंगलबारदेखि सम्पदा यात्रा बस सञ्चालनमा आएको छ ।

काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरेको बस सेवाको ललितपुरको पुल्चोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे ।

परिक्षणका रूपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि निःशुल्क गरिएको पर्यटनमन्त्री किराँतीले जानकारी दिए । उनले वाग्मती प्रदेशसम्म समन्वय गर्दै छिटै भाडा दर तय गरिने बताए ।