काठमाडौँ, ९ जेठ । आज सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ । उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक क्रमशः ४.०५ प्रतिशत र ४.०३ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा समूहको उपसूचक ३.९१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ३.८० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ३.८० प्रतिशतले बढेका छन् ।










प्रतिक्रिया दिनुहोस्