काठमाडौँ, १० जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले एमाले र एमालेका नेतालाई फसाउन १६ षड्यन्त्रहरु बनाएको भन्दै आक्रोस जनाउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांंग्रेसका नेताहरुलाई बचाएर एमालेका नेताहरुलाई फसाउने र बदनाम गराउने अनेक प्रपञ्ज भइरहेको भन्दै उहाँले एमालेलाई बदनाम र फसाउन खोजेका १६ बुँदाहरु सार्वजनिक गर्नुभएको छ । कांग्रेसका नेता केशव दुलाललाई नक्कली भुटानी शरणार्थीको मुख्य नाइकेका रुपमा पक्राउ गरिएता पनि उनलाई एमालेका नेताको नाम लिएर बयान दिन दवाव दिएर योजनावद्ध रुपमा सत्ता गठबन्धनले एमालेविरुद्ध लागेको भन्दै आक्रोस जनाउनुभयो ।
प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्माबीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको नै नराख्नु उक्त प्रकरणलाई छानविन गरी दोषीलाई कारवाही गर्ने नभई परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आईजीपी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको भन्दै उक्त योजनाको विरुद्धमा एमालेले शसक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
उहाँले एमालेलाई फसाउन र बदनाम गराउन रचिएका योजनाहरु
१- आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परिआए आइजीपी फेरेर भएपनि उहाँलाई आईजीपी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।
२- गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन ।
३- केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पीए लिला जीसी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।
४- केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।
५- तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।
६- प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन ।
७- तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता रामबहादुर थापा, राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।
८- उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जुलाई बचाएर बयान दिएका छन् ।
९- निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भीआईपी चिन्दिन पिडित भनिएका कसैसंग पैसा लिएको छैन, कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।
१०- सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् ।
११- आफु अमेरिका जान खोजेको कसै सँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ।
१२- केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।
१३- जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाँण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।
१४- देउबाले आज दिउँसो आफु निकटको ब्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन् ।
१५- बयानमा खाँण लगाएतलाई बचाउने नियत प्रष्ट छ । । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।
१६- रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ । सबै बयान हेर्न होला। यस्ता षड्यन्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्