राजनीति

माओवादीले ज्येष्ठ सदस्यदेखि विदेशबाट फर्किएका सम्मलाई सक्रिय बनाउने



काठमाडौँ, ११ जेठ । नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ ।

माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो ।

यस विषयमा थप योजना बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ १६ गते ज्येष्ठ कम्युनिस्ट र केन्द्रीय सल्लाहकार समितिको बैठक बोलाएको छ ।