समाचार

बसले कारलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु



बाँके, १७ जेठ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मङ्गलवार धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुर आउँदै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक गोरखाकाे आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. सञ्जु खाती खड्काको मृत्यु भएकाे हो । प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।