काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल भारत प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदनको कुरा गर्दा बिग्रने के हो भन्दै प्रश्न गरेकी छिन् ।
आज राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले इपीजीको प्रतिवेदनको कुरा गर्दा बित्तिकै कुरा बिग्रने कस्तो अचम्म हो भन्दै उनले प्रश्न गरिन् ।
उनले भनिन्, ‘इपिजीको प्रतिवेदनले माहौल बिग्रन्छ भनेर भन्नुभयो । कुरा गर्दा माहौल बिग्रन्छ भने अचम्मको पोको के हो ? हामी जनता र सांसदले कहिले बुझ्न पाउने हो ? ’ ‘प्रधानमन्त्रीको भारत भ्रमणमा अफिसियल र कूटनीतिक राहदानी लिएर गएको औपचारिक जम्बो टोलीमा तपाईको आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ?’ ‘दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइले फोटो खिच्न मिल्छ कि मिल्दैन ? यस्तो कूटनीतिक मर्यादा कहिले सिकाउने हो ? हामीले कहिले सिक्ने हो ?’










प्रतिक्रिया दिनुहोस्