काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
प्रतिनिधिसभाको आजकाे बैठक बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । जारी बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नेछन् ।
यस अघिको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिए । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्