काठमाडौँ, ३२ जेठ । सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा समेत नियुक्त गरिएको बताईएको छ ।
त्यस्तै सरकारले मुख्य सचिव परिवर्तन गरेको छ । आजको बैठकले वर्तमान मुख्यसचिव वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्