मोरङ, ७ असार । टिपरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु भएको छ ।
बुधबार दिउँसो भएको दुर्घटनामा परी रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो ।
भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले सडक पार गर्दैगर्दा रंगेली–९ फर्साडाँगीमा वृद्धालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्