समाचार

मौलापुरमा आमा छोरी मृत फेला



रौतहट, १६ असार । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ बर्सिया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको घरमै मृत अवस्थामा फेला परेका हुन् । अबोध वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको छ ।

घटना गए राति तीन बजेको भए पनि हत्या या आत्महत्या यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सपरिवार घटना पछि फरार भएका छन् ।