समाचार

भिरबाट लडेर एक बालकको मृत्यु



दार्चुला, १८ असार । दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको मृत्यु एकाे छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयकाे कक्षा ५ मा अध्ययनरत समिर महताकाे भिरबाट लडेर मृत्यु भएकाे हाे ।

हिजाे विद्यालयमा कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेको र उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।