काठमाडौँ, २२ असार । नेकपा एमालेले शुक्रबार पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ ।
यसैबीच संसद सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँको छलफल राखेका छन् । सभामुख घिमिरेले ११ बजे प्रमुख सचेतकहरुसँग छलफल राखेका हुन् ।










प्रतिक्रिया दिनुहोस्