काठमाडौ २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले तीन नेताको मुडमा संसद चल्न नसक्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले तीन नेताको कुरा मिल्दा चल्ने नत्र नचल्ने हुनु गलत अभ्यास रहेको बताए ।
सदन केही नेताको मुडमा चल्ने चिज होइन, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’ उनले भने, ‘जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् ।
तीन दलले संसदमा सिन्डिकेट लागु गर्न लागिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । आफूले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग पनि कुरा गरेको बताए ।
‘मैले सभामुखसँग भने कुरा गरेको छैन,’ उनले भने । महत्त्वपूर्ण कानुन पारित गर्ने अवस्थामा संसद ठूला तीन दलका नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले असहमति व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्