राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ बस्ने



काठमाण्डौ,२७ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।
बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए। उनकाअनुसार अब साउन २ गते केन्द्रीय समिति बैठक बस्नेछ।
साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्छ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको बुधबार बिहान निधन भएपछि बैठक स्थगित भएको हो।