काठमाडौँ, २ साउन । सरकारले लक्षित वर्गका लागि निःशुल्क तथा सहुलियतमा उपचार गर्ने अस्पतालको संख्या ८६ बाट बढाएर ८८ पुर्याएको छ । स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले यो आर्थिक वर्षदेखि ८८ वटा अस्पतालबाट निःशुल्क तथा सहुलियतमा उपचार हुने जनाएको छ ।
ती ८८ वटा अस्पतालमा सामाजिक सेवा इकाइ रहेका छन् । इकाइले लक्षित समूहका सबै बिरामीलाई अन्तरंग, बहिरंग तथा आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउनेछ । साथै, सरकारले प्रदान गर्ने औषधिहरु निःशुल्क तथा सुहलियतमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।
यो सेवा ७७ वटै जिल्लाका तोकिएका अस्पतालहरुबाट उपलब्ध हुँदै आएको छ । त्यस्तै, ६२ वटा अस्पतालमा भने ज्येष्ठ नागरिकका लागि जेरियाट्रिक वार्डमार्फत् सेवा दिइनेछ ।










प्रतिक्रिया दिनुहोस्