काठमाडौँ, २ साउन । काठमाडौँ महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रमा जथाभाबी रूपमा फिल्मको पोस्टर टाँसिएको भन्दै निर्माण संस्था नेपाली वेबसाइट मिडिया हाउस प्रा.लिलाई महानगरले उक्त जरिवाना तिराइएको फिल्मका वितरक रिच इन्टरटेन्मेन्टले जनाएको छ ।
‘फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरेबापत जरिवाना’ नेपाली वेबसाइट मिडिया हाउस प्रा.लीद्वारा जरिवाना तिरिएको रसिदमा उल्लेख छ ।’ ‘बगान’ फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्