समाचार

पानीमा डुबेर बर्सेनि ३९६ जनाको मृत्यु



काठमाडौँ, १० साउन । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३.७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ । 

अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला/नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेका छन् । यसैबीच, बालबालिका पानीमा डुब्ने घटना रोकथामका लागि अभिभावकले विशेष ध्यान दिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

वर्षायाममा वा आँधीबेरी आउने बेलामा खोला, नदी, ताल आदिमा बाढी आउन सक्ने भएकोले यस्तो अवस्थामा बालबालिका तथा सबै उमेरका व्यक्तिले शतर्कता अपनाउनु पर्ने मन्त्रालयले बताएको छ । बालबालिकाहरू पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरूले उनीहरूको निरन्तर निगरानी गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।