काठमाण्डौ,१७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।
उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा लामिछानेले यो बस सेवा सुरु गरेका हुन् । निलो रंगका बसहरूले दिने सेवालाई ‘ब्लू बस सेवा’ भनिएको छ ।सो बस सेवाको लामिछानेले आज आफैँ यात्रा गरेर उद्घाटन गरेका हुन।
सो वस सेवा सार्वजनिक बसहरूलाई भाडामा लिएर सुरु गरिएको हो । यी बसहरू भरतपुर महानगरका विभिन्न रुटहरूम चल्नेछन् । यो सेवा प्रयोग गर्ने महिलाले सेवा कार्ड लिनुपर्ने छ ।
पहिलोपटक ५ सय महिलाले यो कार्ड लिएका छन् । बसमा कार्ड रिडिङ मेसिन जोडिएको छ ।










प्रतिक्रिया दिनुहोस्