काठमाडौ २२ साउन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा बार्गेनिङ मात्रै चलिरहेको वताएका छन । उनले सत्तापक्ष र प्रतिपक्षको लडाईको कारणले पटक पटक अवरुद्ध हुँदै आएको टिप्पणी गरेका छन ।
उनले आफ्नो फेशबुकमा लेखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न् । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।’
कानून बनाउने, कानूनमा संशोधन गर्ने जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्ने ठाउँमा बार्गेनिङ मात्रै चलेको बताए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरुद्व गर्दै आइरहेको छ । अवरोध हटाउन अहिले तीन दलका शीर्ष नेताहरु छलफलमा छन् । तर, प्रधानमन्त्री छानविनको लागि समिति गठन गर्ने पक्षमा छैनन् ।
07 August 2023 17:46 PM










प्रतिक्रिया दिनुहोस्