काठमाडौँ, २३ साउन । कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन तयारी भइरहे पनि ठूलो पानी परिरहेकाले कठिनाइ भएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउन समय लाग्न सक्ने भएकाले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरीको अनुरोध छ ।










प्रतिक्रिया दिनुहोस्