काठमाडौँ, २३ साउन । अविरल वर्षाका कारण आएको पहिरोले भक्तपुरको चाँगुनारायणमा घर पुरिएको छ ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–१ मा विदुर केसीको चारकोठे घर पुरिएको हो । वर्षाका कारण घरमाथिबाट माटोको ढिस्को खसेको थियो । इट्टाको पर्खाल र जस्ता छानो भएको घर पुरिएको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू पुगेका छन् ।
गए राति देखी परेको वर्षाका कारण भक्तपुरको मनोहरा लगायतका खोलामा पानीको बहाव बढेको छ । नदी किनारामा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्