समाचार

बस दुर्घटना अपडेट : ४ जनाकाे मृत्यु, १९ घाइते



बुटवल, २३ साउन । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

घटनामा १९ जना घाइते भएका छन । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा  दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।

बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो । बसमा २५ जना यात्रु सवार रहेका थिए ।  दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा छन । जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।