काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक महिना मन्त्रीहरूलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताएका छन् ।
आज चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रीहरूले हरेक महिना अनिवार्य रूपमा प्रगति विवरण बुझाउनु पर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउन सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार दृढ रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्