काठमाडौ २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको दाबी गर्नुभएको छ ।
आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ओलीले अहिलेको संसद एमालेले चलाउन खोजेपनि सरकारले चल्न नदिएको बताउनुभएको हो।
उहाँले भन्नुभयो,‘अहिलेको संसदको अवरोध तपाईंहरुले देख्नभएको छ। हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्याकजुरुक्क सबै उठेर हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठअपराधिलाई जोगाएर स्टण्डबाजीमा रमाएको वताउनुभयो ।
ओलीले संसद निदाएर बस्ने थलो नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। तर संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो। देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद निदाएर बस्ने थलो होइन।’
ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गर्नुभयो।










प्रतिक्रिया दिनुहोस्