काठमाण्डौ,२९ साउन । नेपाली कांग्रेसका महामन्त्री एव सांसद गगन थापाले अहिलेसम्मका सबै भ्रष्टाचारका ठूला काण्डको फाइल खोल्नुपर्ने बताएका छन् ।
संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले आफ्ना अनुकूलको मात्र फाइल खोल्ने अवस्था बदल्नुपर्ने बताए ।
केही दिनअगाडि डा बाबुराम भट्टराईले क्यान्टोनमनेन्ट घोटालाको छानबिन गरौँ भन्नुभयो । ललितानिवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो । हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानका क्रममा पक्राउ पर्यो भने ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै ? यस्तैयस्तै सुनिन्छ,’ उनले भने, ‘यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ । यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्ड छन्, ती सबैको फाइल खोलौँ ।










प्रतिक्रिया दिनुहोस्