समाचार

डेंगीबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु



काठमाडौँ, ६ भदौ । नेपालमा डेंगी संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जुलाईयता १३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना सुनसरी र एकजना चिनवनका रहेका छन् ।

जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएका छन् । मोरङमा एक हजार ९४५, धादिङमा एक हजार ८९० र झापामा ९४६ जना संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा पनि डेंगी फैलिँदो क्रमममा छ । उपत्यकामा तीन जिल्लामा गरी ६८९ जना संक्रमित भएका छन् ।