Banner News

रविले सुनाए–सुन प्रकरणका केही विचौलियाको सूचना आफूसंग पनि छ




काठमाण्डौ, ६ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बताएका छन्।

सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका वताए ।

‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएको प्रतिनिधि सभाको बैठकमा वताए । उनले भने, –ती महानिर्देशकले फोटोसमेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन्। म तिनलाई सलाम गर्न चाहन्छु। जसले देशलाई माया गरेर यो सूचना दिएका छन्।’

त्यति मात्रै होइन, समाचार लुकाउनको निमित्त लामो समयदेखि पत्रकारिता गरिरहेका मानिससमेत संलग्न छन्। पूर्वप्रहरी प्रमुखहरूको पनि कुराकानी दावा लामासँग भएको कुरा सूचना प्राप्त भएको छ। म यसमा गृहमन्त्रीज्यू, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले संसद्समक्ष भने।

सिआइबीको अनुसन्धानलाई विश्वास नगर्ने भन्ने कुरै नहुने उनले बताए। तर, सिआइबीको अनुसन्धान प्रभावित हुने हो कि भन्ने आशंका रहेको उनले बताए।

‘ उनले भनेशंका सिआइबीप्रति होइन, हाम्रो संयन्त्रप्रति हो, जसले बारम्बार दोषी उम्काउन भूमिका खेल्दै आएका छन् ।