Banner News

धरानमा सामाजिक सद्भावका लागि दलहरुको साझा अपील



काठमाडौ ८ भदौ । आज धरानमा बसेको दलहरुको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेको छ । बैठक पश्चात १३ वटा दलहरुले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् ।
विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहँदा यहाँको सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।

‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तीमा धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयहरुलाई सर्वपक्षीय सर्वदलीय वार्ता तथा संवाजबाट समाधान गर्न प्रतिवद्ध रहेको दलहरुले जनाएका छन् ।