राजनीति

एकीकृत समाजवादीको युवा सङ्गठनमा चरम विवाद



काठमाडौँ,  ९ भदौ । नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ । 

आज काठमाडौँका दुई फरक फरक स्थानमा दुई गुटले बोलाएको भेलामा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल संवोधनका लागि नजाने भएका छन् । 

सङ्गठनका अध्यक्ष  नरेश शाहीको गुटले काठमाडौँको कालोपुलमा भेला गरिरहेको छ भने उपाध्यक्ष नितेश पौडेलले बानेश्वरको अर्याल होटेलमा भेला गरिरहेका छन् ।