समाचार

चार लाख बराबरको धनमाल चोरी



काठमाडौँ, १७ भदौ । काठमाडौँमा तार्केश्‍वर नगरपालिका-९ मा शनिबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

प्रहरीका अनुसार शनिबार राति नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ४५ वर्षीय बाटु वाग्लेको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।