रुकुम पश्चिम, १८ भदौ । रुकुम पश्चिमकाे चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खाेलाले बगाउँदा दाजुबहिनीकाे म्म्रित्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार हिजाे दिउँसाे नाउलाखोलामा आएकाे बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएकाे हाे ।
मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेकाे थियो । मनाेज आधारभूत विद्यालय घर्तीकाँडाकाे कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।










प्रतिक्रिया दिनुहोस्