काठमाडौ १८ भदौ। एसिया कप क्रिकेटअन्तर्गत नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
जारी खेलमा आसिफ ५० रनमा खेल्दैछन् । नेपालले २७।२ ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले १०औं अर्धशतक बनाएका हुन् ।
४४ खेल खेल्ने क्रममा उनले एउटा शतक पनि बनाएका छन् । आसिफले भारतविरुद्ध ८८ बलमा अर्धशतक पूरा गर्दै ७ चौका प्रहार गरेका छन् ।
आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६५ रनको साझेदारी गरेका थिए । त्यसपछिका ३ ब्याट्सम्यान सस्तैमा आउट भए पनि अहिले गुल्सन झाले साथ दिइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्