राजनीति

नेता बस्नेतद्वारा ‘तर्खगाल–पात्लेटार–विरुवा’ सडक निर्माण कार्यको शुभारम्भ



भक्तपुर, १९ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेले तर्खगाल–पात्लेटार–विरुवा रणनीतिक सडक खण्डको निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ ।

समूह सूर्यविनायक नगरपालिका वडा नं. ४ को पात्लेटार स्वास्थ्य आमा समुहले आज आयोजना गरेको एक विशेष कार्यक्रमका बिच नेता बस्नेतले उक्त सडक शुभारम्भ गर्नुभयो । तीन वर्ष अघि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेता बस्नेतको पहलमा उक्त रणनीतिक सडक निर्माणको प्रकृया अगाडी बढाइएको थियो । संघीय सरकारको पाँच करोडको लागतमा उक्त सडक निर्माणको शुभारम्भ गरिएको हो । गठबन्धनको सरकार बनेसँगै उक्त सडकको बजेट कटौती गर्न सरकार तथा भक्तपुरका संघीय सांसद लागि परेका थियो । तर नेता बस्नेतको निरन्तर पहलका कारण उक्त बजेट सरकारले कटाउन सकेको थिएन । सरकारले बजेट कटाउन तीन वर्ष निरन्तर प्रयास गरेको थियो । तर नेता बस्नेतले उक्त प्रयास असफल बनाइदिनु भएसँगै आज रणनीतिक सडक निर्माणको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरको विकास र समृद्धिको लागि आफु निरन्तर लागिरहने उद्घोष गर्नुभयो । निर्वाचनमा हारजीत स्वभाविक प्रकिया रहेको उल्लेख गर्दै उहाँले आफु हारेर सदनभित्र गएन बोल्न नपाएपनि बाहिर बोलेको आफ्नो आवाजले राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरिरहेको स्पष्ट पार्नुभयो । कांग्रेसले आफ्नो वीपीवादलाई त्यागेर चर्चितवादमा रमाइरहेको आरोप लगाउँदै उहाँले संसदमा भक्तपुरमा निर्माण हुन लागेको स्मार्ट सिटीलगायतका ठूला–ठूला आयोजनाहरुको विरोध गर्नु, बजेट कटौती गर्नु भक्तपुरका जनताको विकास र समृद्धिको भाग्य र भविष्यमाथि कुठराघात भएको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा गएर बोल्दामात्र आवाज सुनिन्छ, अन्त गएर बोल्दा आवाज सुनिदैन भन्ने मान्यताको अन्त्य गर्न लागि परिरहेको छु । सिन्धुली गएर बोले पनि, धनकुटा गएर बोले पनि राष्ट्रिय राजनीति नै तरङ्गित बनेको छ । भक्तपुरका जनताको अवस्था परिवर्तन गराएको छु । तीन वटै तहका सरकारको सहयोगमा आफ्नो पालामा कसैले नसोचेको विकास गरेका छौं । अहिलेको सरकार तथा जनप्रतिनिधि तथा निदाएर बसेका छन्, विकास गर्नुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ भनेर विरामीको बहाना बनाएर समय विताउँदै छन् । नेपाली कांग्रेसले वीपीवाद छोडेर चर्चिदवादमा रमाइरहेको छ । रामेश्वर, दुर्लभ थापालगायतका नेताहरु जनताको पक्षमा काम गर्नुपर्छ भनेर विरामी भएर बस्नुभएको छ । कांग्रेसको सरकार आएपछि भक्तपुरको विकासका बजेट अरवौं रकम कटौती भएको छ । स्मार्ट सिटी हामीलाई चाहिँदैन भन्ने सदनमा बोल्दै हिडेका छन् । विकासको आधुनिकता बुझेका छैनन् । घुम्न जान्छन्, दुवई, जापान र मलेसिया तथा नेपालमा स्मार्ट सिटी बनाउनु हुँदैन भन्ने ? के भक्तपुरका खाली भुभागलाई नयाँँ असन, इन्द्रचोक, न्योरडलगायत जस्तै पुरानो बस्ती बनाउन खोजेको हो ? म निर्वाचनमा हारे होला तथा जनताको अवस्था र पहिचान बदलेको छु ।’

कार्यक्रममा बागमती प्रदेशका सदस्य किरण थापा, एमाले नेता तथा पूर्वसांसद शसी जंग थापा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्त लगायतले विकास र समृद्धिकोमा एमालेले खेलेको भूमिकाको बारेमा धारणा राख्नुभएको थियो । उहाँहरुले आगामी दिनमा एमाले नै जनताको हित र भक्तपुरको विकासको नेतृत्वकर्ता पार्टी भएको उल्लेख गर्नुभयो । उहाँहरुले भक्तपुरको विकास र जनताको चाहनालाई पुरा गर्न एमाले जस्तोसुकै परिस्थितीको सामना गरि अगाडी बढ्न तयार रहेको बताउनुभयो ।