काठमाडौँ, २५ भदौ । काठमाडौँमा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।
दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।
खोप काठमाडौँ जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।
प्रतिक्रिया दिनुहोस्