राजनीति

डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने 



काठमाडौँ, २५ भदौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् ।

उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् । न्याम्समा डा. कोइराला भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध भएको र कक्षा सञ्चालन हुने दिनमा आउने न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।

वीर अस्पतालमा भने उनले ओपीडी र शल्यक्रिया दुवै सेवा दिनेछन् । ओपीडीमा डा. कोइराला दुई दिन रहने डा. बस्नेतले बताए ।