काठमाडौँ, २६ भदौ । सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।
संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै घिमिरेले यस्तो बताएका हुन् । यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु’, उनको वक्तव्यमा भनिएको छ । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्