समाचार

स्रोत नखुलेको तीन लाखसहित भारतीय नागरिक पक्राउ



बाँके, २७ भदौ । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सुरक्षा गुल्म, जमुनाहाका अनुसार युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमदलाई पक्राउ गरेको हो  ।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रहेको बताइएको छ ।