सप्तरी, ३ असोज । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ दूधगतका बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर मृत्यु भएको हो ।
सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्