समाचार

ढिस्काेले पुरिएर एक जनाको मृत्यु



बर्दिया, ७ असोज । जिल्लाको मधुवन नगरपालिका–३ खातामा हिजाे ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएकाे छ । 

प्रहरीका अनुसार मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएकाे हाे । 

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको  प्रहरीले जनाएको छ  ।