राजनीति

पोखरा विमानस्थललाई बिजनेस दिन चीन तयार



काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ ।

चिनियाँ लगानीमा नै निर्माण सम्पन्न भएको विमानस्थलले ९ महिना पुरा हुँदा समेत एउटै अन्तर्राष्ट्रिय उडान पाउन नसकिरहेका बेला चिनियाँ पक्ष आफ्नो केही सहरसँग नियमित उडान दिन तयार भएको हो । 

२३ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।  पोखरा विमानस्थलसँग दुई देशको हवाई कनेक्टिभिटी बढाउन दुवै देशले आफ्नो हवाई उडानलाई खुल्ला छाड्ने र उपयुक्त गन्तव्य तथा हवाई मार्गहरूको खोजी गरिने बताएका छन् ।