काठमाडौँ, १४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने बताएका छन् ।
आज कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले महँगी निरन्तर बढिरहँदा सरकारमा बसिराख्न जरुरी नहुने बताए ।
उनले भने, ‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरुरी छैन ।’ उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे। ‘२०८४ को सूचनाको चिन्ता गरेको हो भने कि सत्ता छोडौँ कि त सत्तामा बसेर जनताको पक्षमा काम गरौँ ?,’ पौडेलले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरुरी छैन। म जान नपाएर भनेको होइन । जनताको काम गर्न सत्तामा जाने हो। मेरो साथीले जनताको पक्षमा काम गर्नुपर्यो ।’
प्रतिक्रिया दिनुहोस्